रास्वपाको प्रदर्शन रोक्न बालुवाटारमा व्यापक सुरक्षाकर्मी परिचालन

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:३४ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको रिहाइ माग गर्दै रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेपछि सो क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको भन्दै निरन्तर प्रर्दशन गर्दै आएको छ ।

आज बालुवाटारमा भएको प्रदर्शनको क्रममा प्रहरीसँग ठाउँ ठाउँमा झडप भएको छ । सो क्रममा रास्वपाका १५ कार्यकर्ता पक्राउ परी सकेका छन । रास्वपाको आन्दोलनलाई मध्यनजर गर्दै सरकारले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us