रास्वपाका काठमाण्डू र ललितपुर सभापति पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:२१ मा प्रकाशित

काठमाण्डू, १३ कात्तिक- प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाण्डू सभापति प्रदीप बिष्ट, ललितपुर सभापत् बुद्धरत्न महर्जनसहित एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

सो  पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले उनीहरुलाई बालुवाटारस्थित नेपाल हाउस अगाडिबाट पक्राउ गरिएको बताए । खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित डेढ दर्जनौंको संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको झाले जानकारी दिए ।

राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध बालुवाटारमा सुरु भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउस अगाडिबाट विरोध प्रदर्शनका क्रममा प्रहरीले गिरफ्तार गरेको सो पार्जटीले जनाएको छ ।

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरीले गरेको दमन र गिरफ्तारीविरुद्ध घोर भर्त्सना गर्दै सो पार्टीले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन भएको बताएको छ ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पूर्वगृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले प्रदर्शन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us