मन्त्रिपरिषदको बैठक बस्दै

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– आज बुधबार मन्त्रिपरिषदको बैठक बस्दै छ । आज साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा ट्र«ङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गर्दछ । हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषदको बैठक नराखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us