सिरहा, १३ कात्तिक– सिरहाको लहानमा खसीको भन्दै बाख्राको मासु बेच्ने पसले पक्राउ परेका छन् ।
सिरहा नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा खसीको नाममा बाख्राको मासु बेच्ने गरिएको पाइएको हो ।
महतोका अनुसार ती पसलेलाई पाँच हजार जरिवाना गरी आगामी दिनमा त्यस्तो नगर्ने सर्तमा छाडिएको छ । यस्तै लहान बर्गर हाउसले गुणस्तरहीन खानेतेल प्रयोग गरेको भेटिएपछि ११ हजार जरिवान गरिएको छ ।
केही व्यापारीलाई सचेत गराइएको छ । उपभोक्ताले ठगी भइरहेको गुनासो गरेपछि बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
अनुगमनमा इलाका प्रशासन कार्यालय, प्रहरी, उपभोक्ता र सञ्चारकर्मीलगायत सहभागी थिए ।