पाल्पा, १३ कात्तिक–पाल्पामा दुई वटा ट्रक आपसमा ठक्कर खाँदा चालकको मृत्यु भएको छ ।
बुटवलबाट पोखरातर्फ गइरेहको लु१ख ९३९१ नम्बरको ट्रकले सोही दिशामा रहेको ना१ख ७१२१ नम्बरको ट्रकलाई शिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३ अगाहाखोलामा ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकका चालक रम्भा–३ का २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई ट्रकको बीचमा दाहिने खुट्टा च्यापिएको अवस्थामा रानालाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकामा मृत्यु भएको पाल्पा प्रहरीका सूचना अधिकारी डिएसपी सुनिल मल्लले जानकारी दिए ।
अर्को ट्रकका सह–चालक वालिङ नगरपालिका–१० का स्याङ्जाका २१ वर्षीय सञ्जित खवास घाइते भएका छन् ।