मोरङमा फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १८:४५ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– प्रहरीले मोरङमा फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का बब भनेर चिनिने २४ वर्षीय राजकुमार सहनी रहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि कात्तिक ४ गते एक फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गरी फरार रहेको आरोप लगाइएको छ । उनले ती फरक क्षमता भएका व्यक्तिलाई कुटपीट गर्दा दुवै हात भाँच्चिएको र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

उनलाई शनिबार राति करिब ११ बजे विराटनगर बसपार्कबाट नियन्त्रणमा लिएर कुटपीट तथा अंगभंग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी वेदप्रकाश जोशीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us