कालो बिरालो मैदान पसेपछि चम्किए मेस्सी

काठमाण्डु टुडे २०७१ भदौ ९ गते ५:०० मा प्रकाशित

काठमाण्डु, ९ भदौ–लिओनल मेस्सीको दुई गोलको मद्धतमा ला लिगामा बार्सिलोनाले विजयी सुरुवात गरेको छ ।

cat
आइतबार राति भएको ला लिगाको आफ्नो पहिलो खेलमा इल्चेलाई ३–० गोल अन्तरले हराउँदै बार्सिलोनाले विजयी यात्रा सुरु गरेको हो ।

घरेलु मैदान नाउ मैदनमा  भएको खेलमा ४२ औं मिनेटमा मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

उनले इल्चेका ६ डिफेण्डरको बीचबाट उत्कृष्ट गोल गरेका थिए ।

messi

दोस्रो हातको सुरुमै मुनिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको ६३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता लियो ।

कालो बिरालो मैदान प्रवेश गरेका कारण खेल निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us