ओली सरकारले सय दिनमा भ्रष्ट र बिचौलियाको संरक्षणबाहेक केही गरेनः सापकोटा

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १३:४१ मा प्रकाशित

Screenshot

काठमाण्डु, १० कात्तिक– प्रतिपक्षी माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकारले सय दिनमा भ्रष्टाचारी र बिचौयिलाको संरक्षणमा बिताएको आरोप लगाएका छन् ।

पार्टीद्वारा शनिबार राजधानीमा आयोजित खबरदारी सभामा सापकोटाले सरकारले सय दिनमा जनताको हितमा कुनै काम नगरेको आरोप लगाए ।

देश संकटमा रेहको भए पनि महान अवसरको संघारमा रहेको उनको भनाइ थियो ।

‘हाम्रो पार्टीका अध्यक्षले प्रतिनिधिसभाको रोष्ट्रमबाट भन्नुभएको थियो कि यो सरकार कसैले बनाइदिनको हो । यो कुरा सय दिका घटनाले पुष्टि गररिहेको छ’, उनले भने, ‘भष्टाचारीको संरक्षण र बिचौलियाको रक्षामा यो सरकारले काम गरिरहेको छ ।’

सापकोटाले हरेक दृष्टिले वर्तमान सरकार जनताको नभएर सीमित बिचौलिया र माफियाको सरकार बन्न गएको आरोप सापकोटाले लगाए ।

उनले सरकारको रबैया हेरेर आवश्यक परे देशभर सशक्त आन्दोलनको तयारीमा रहेको बताए ।

सापकोटाले केपी ओली नेतृत्वको सरकारले आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा सुरु गरेको भ्रष्टाचारविरोधी अभियान रोकेर भ्रष्ट र विचौलियाको संरक्षण गरिरहेको आरोप लगाए ।

विगतमा पटकपटक प्रतिनिधिसभा विघटन गरेको र अहिले पनि दल विभाजनका लागि अध्यादेश ल्याउने तयारी गरिहरेका प्रधानमन्त्री ओलीको अगुवाइमा शुक्रबार सात दलका तर्फबाट जारी गरिएको विज्ञप्तिमा लोकतन्त्रको फेहरिस्त प्रस्तुत गरिनु हाँस्यास्पद रहेको टिप्पणी सापकोटाको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us