खबरदारी सभाअघि माओवादीले निकाल्यो जुलुस

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले खबरदारी सभाअघि काठमाण्डुमा जुलुस निकालेको छ ।

काठमाण्डुको प्रदर्शनीमार्गमा माओवादीको बागमती प्रदेश र विशेष प्रदेहशको आयोजनामा खबरदारी सभा हुन लागेको हो ।
सभालाई अध्यक्ष प्रचण्डसहितका नेताले सम्बोधन गर्नेछन् ।

खबरदारीसभाअघि विभिन्न स्थानबाट जुलुस निकालिएको सो पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए । पौडेलका अनुसार सुन्धाराबाट सुरु जुलुसको नेतृत्व प्रचण्डले गरेका छन् ।

उक्त जुलुसमा पार्टीका सबै पदाधिकारी पनि सहभागी छन् । जुलुस सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुने बताइएको छ ।

विपद् व्यवस्थापनमा सरकार असंवेदनशील, गैरजिम्मेवार र योजनाविहीन देखिएको, विपदमा बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनामा सरकार चुकेको, प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको जस्ता विषयमा जनदबाब दिन खबरदारीसभा आयोजना गरिएको माओवादीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us