धारिलो हतियार प्रहार गरी युवकको हत्या

काठमाण्डु टुडे २०८१ कार्तिक १० गते ९:२१ मा प्रकाशित

नवलपरासी, १० कात्तिक– नवलपरासी पूर्वमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

नवलपरासी पूर्वका डिएसपी जेसी साहका अनुसार देवचुली नगरपालिका–९ विशालटारका २९ वर्षीय मिलन मानन्धरको हत्या भएको हो ।

हतियार प्रहारपछि गम्भीर घाइते भएका मानन्धरलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मानन्धरमाथि हतियार प्रहार गरी भागेका सोही ठाउँका ३० वर्षीय अर्जुन नेपालीलाई कावासोती नगरपालिका–१६ डण्डाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डिएसपी सिंहले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us