काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ ।
बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन ।
बैठक पछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘बैठकमा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले र कांग्रेसले विगतमा गरेको सात बुँदे सहमति र न्यूनतम कार्यक्रमका आधारमा सरकारको समीक्षा गरेका छौ, ‘आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ ।’
बैठकले रास्वपा नेता कार्यकर्ताले प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष निकालेको समेत उनले जानकारी दिएका छन ।