बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता रुढदलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषय र सरकारले आगामी दिनमा गर्ने कामका बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारमा रहेका एमालेसहित नेपाली काँग्रेस,लोसपा,जसपा तथा सरकारलाई समर्थन गरेका जनमत र नाउपाका नेताहरू सहभागी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

यसअघि सत्तारुढ दलको बैठक बुधवार बसेको थियो । उक्त बैठकमा सरकारको सय दिनको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्ने कामबारे आजको बैठकमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us