काठमाण्डु, ९ कात्तिक– प्रहरीले काठमाण्डुको दरबारमार्गबाट अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख ठगेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–८ जीवनपुर घर भएका किशोर गर्तौला रहेको प्रहरीले जानकारी दिएको छ । २४ वर्षीय गर्तौलालाई दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले जानकारी दिएका छन ।
आरोपीले अस्ट्रेलिया पठाउँछु भनेर १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनलाई कानुनी कारबाही गर्न प्रहरीले वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।