काठमाण्डु, ९ कात्तिक– आज शुक्रबार सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमनत्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि बैठकमा हुने बताइएको छ ।
विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने समेत प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।