कञ्चनपुर, ९ कात्तिक- कञ्चनपुरको लालझाडीमा एक दम्पती मृत फेला परेका छन् ।
लालझाडी गाउँपालिका–१ बिनवारीका ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमलाको शव फेला परेको कञ्चनपुर प्रहरीका प्रवक्ता उमेश जोशीले बताए ।
शुक्रबार बिहान दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको प्रहरीको भनाइ छ ।