काठमाण्डु, ८ कात्तिक– कांग्रेस नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको दाबी गरेका छन ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास र अविश्वास प्रदर्शित गर्नु भएको उनले बताएका छन ।
केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘संविधानको धारा १७ को संवैधानिक हकको निर्बाध उपयोगको अधिकार प्रत्येक व्यक्ति वा संस्थाहरूको अक्षुण्ण अधिकार हो।
तर प्रतिबन्धात्मक खण्डले अदालतको मानहानीलाई निषेध गरेको छ भने अदालतका कार्यमा अनावश्यक प्रभाव पार्ने कार्य गर्नु हुँदैन भन्ने हेक्का पनि त्यत्तिकै राख्नु जरुरी छ।
किनकि यो विधि र प्रक्रिया माथिको अनावश्यक हस्तक्षेप हो ।’ रविले सहकारी छानबिन प्रकरणमा अदालतमाथि विश्वासको अभिव्यक्ति दिएपनि सँगसँगै पोखरामा देशभरका कार्यकर्तालाई जम्मा गरेर गरिएको आन्दोलन गर्नु गलत भएको उनले बताएका छन ।