कपिलवस्तु, ८ कात्तिक– कपिलवस्तुमा जिपले अटो रिक्सालाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो रिक्सामा सवार बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवट रहेको जिल्ला प्रहरी कार्यलय कलिवस्तुले जानकारी दिएको छ ।
बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा प्र ०१–०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । घाइतेको चारै जनालाई उपचार गर्न बुटवलमा पठाएको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।