काठमाण्डु, ८ कात्तिक– कांग्रेस नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताएका छन । आज बिहिबार नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमा उनले यस्तो बताएका हुन ।
उनले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको पनि बताएका छन । उनले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने पनि बताएका छन ।
नेता कोइरालाले मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको पनि बताएका छन । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने पनि बताए ।
दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने पनि बताएका छन ।