झापा, ७ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकाकोको केरखामा बसले ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।
प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले ठक्कर दिंदा कमल गाउँपालिका- ३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरूद्ध पारेका छन् । आक्रोशित भिडले ठक्कर दिने बस तोडफोड गरेका छन् ।
दुवै पक्षसंग समन्वय गरी सडक खुलाउने तयारी भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।