काठमाण्डु, ७ कात्तिक–काठमाण्डुको चाल्नाखेलमा एकजना महिलालाई अपहरण गरेर बन्धक बनाइएको खुलेको छ । लेनदेनको ‘विवाद’ भएपछि एकजना महिलालाई बन्धक बनाएको सूचना आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।
घटनास्थलमा प्रहरीलाई पठाइएको एसपी आचार्यले जानकारी दिएका छन । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन ।