बलात्कार आरोपमा चालक र सहचालकविरुद्ध मुद्दा

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १७:१० मा प्रकाशित

 काठमाण्डु, ७ कात्तिक– प्रहरीले काठमाण्डुबाट बलात्कारको आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ गरीएको प्रहरीले जानकारी दिउको छ ।

बलात्कार आरोप लागेका रौतटहको चन्द्रनगर नगरपालिका–२ घर भएका २७ वर्षीय सहचालक आकाश भनिने बुद्धिमान तामाङ भने रहेका छन । घटना एक महिनाअघि ९ असोजको हो । ग्वार्कोबाट कलंकी जान एक महिला बस चढेकी थिइन् । तर उनलाई कलंकीमा झर्न नदिई नयाँ बसपार्क पुर्‍याइएको थियो ।

त्यतिबेला साँझको करिब ६ बजेको पीडित युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरीएको छ । उक्त जाहेरीमा भनिएको छ, ‘नयाँ बसपार्कमा आइसकेपछि सबै यात्रु झरेर जाँदा मलाई भने चालक सहचालकले झर्न नदिई ढोका लगाएका थिए ।’ नयाँ बसपार्कमा उनीहरुले जुस खान दिएको र त्यसपछि झुम्म भएर आफूले केही थाहा नपाएको पीडित युवतीको भनाइ छ । राति ११ बजेतिर ब्यूँझदा बसपार्कको गुरुमा होटलको कोठा नम्बर १०९ मा आफूमाथि बलात्कार भएको थाहा पाएको उनले बताएकी छन् ।

राति ११ बजेतिर आफू ब्यूझँदा चालक नग्न अवस्थामा आफूसँगै बेडमा र सहचालक भुईमा सुतेको देखेको उनले बताएकी छिन् । त्यसपछि हारगुहार गरेर फोन गर्न लाग्दा मोबाइल समेत उनीहरु फुटाइएको र बाहिर निस्कन नदिई रातभर कोठामा थुनेको पीडितको भनाइ छ । भोलिपल्ट श्रीमानको फोन आएको र घटनाबारे जानकारी गराएपछि प्रहरीलाई खबर गरेको उनले बताएकी छिन् ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्जले चालक कोइरालालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सहचालक भने अहिलेसम्म फरार छन् । सहचालकको खोजी भइरहे पनि पक्राउ गर्न नसकिएको महाराजगञ्जका इन्सपेक्टर सुदर्शन पन्थीले बताए ।

अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको इन्सपेक्टर पन्थीले जानकारी दिएका छन । प्रहरीको प्रतिवेदनपछि सरकारी वकिल कार्यालयले बुधबार चालक र सहचालक दुबै जनाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा बलात्कारको कसुरमा मुद्दा दायर गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us