
काठमाण्डु, ८ भदौ– नेपाल क्रिकेट संघ क्यानले आईसीसी डिभिजन थ्रीको तयारीका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।
पारस खड्काको कप्तानीमा रहेको टोलीको बन्द प्रशिक्षण आगामी भदौ १२ गतेबाट हुने क्यानले जनाएको छ ।
क्यानले बन्द प्रशिक्षणका लागि बोलाएकामा पासरसँगै शक्ति गौचन, विनोद भण्डारी, सुवास खकुरेल, शरद भेष्वाकर, नरेश बुढाएर, सागर पुन, मेहबुब आलम, सोमपाल कामी, रामनरेश गिरी, वसन्त रेग्मी, जितेन्द्र मुखिया र आरिफ शेख छन् ।
यस्तै प्रदिप ऐरी, पुष्प थापन, भुवन कार्की, अनिल मण्डल, अभिनाश कर्ण, अमृत भट्टराई, मंजित श्रेष्ठ, महेश क्षेत्री, राहुल विक र यज्ञमान कुमाल पनि २४ मा अटाएका छन् ।