काठमाण्डू, ३० असोज- प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालाका अनधिकृत संरचना हटाउने क्रममा नियन्त्रणमा लिएको दुइई डोजर फिर्ता गरेको छ ।
काठमाण्डू महानगरले मारवाडी सेवा समितिले अनधिकृत रूपमा बनेका टहरा हटाउन पठाएको डोजर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
डोजर प्रहरी वृत्त गौशालामा राखिएको थियो ।
महानगर प्रहरीले डोजर फिर्ता ल्याएको नगर प्रहरीका एसपी दिनेश अर्यालले जानकारी दिए ।
महानगरले धर्मशालामा मारवाडी सेवा समितिको बोर्ड हटाएर आफ्नो बोर्ड झुण्ड्याएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी नवराज अधिकारीले महानगरको डोजर नियन्त्रणमा नलिएको दाबी गरेका थिए ।