मागेरभन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ असोज ३० गते १८:१४ मा प्रकाशित

काठमाण्डु, ३० असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका छन ।

आज (बुधबार) प्रधानमन्त्री सरकारी निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनः व्यवस्थापनका कामहरु गर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग सीमित बजेट छ, सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा काम गर्नुपर्छ ।’प्रधानमन्त्री ओलीले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनः निर्माण र पुनः व्यवस्थापनको काम अघि बढाइने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us