रूपन्देहीमा श्रीमानले गरे कान्छी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ असोज ३० गते १७:५५ मा प्रकाशित

काठमाण्डु, ३० असोज– रुपन्देहीमा आफ्नै श्रीमानले कान्छी श्रीमतीको हत्या गरेका छन । प्रहरीले कान्छी श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी पक्राउ गरेको छ ।

कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । श्रीमान दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हत्याको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us