काठमाण्डु, ३० असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार आवाश्यक भएको बताएका छन ।
आज (बुधबार) नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ शुभारम्भ गर्दै सञ्चारमन्त्री मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको पनि बताएका छन ।
सञ्चारमन्त्री गुरुङले भने, ‘नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ, राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।’
मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्ने पनि बताएका छन ।