
काठमाण्डु, २३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको दाबी गरेका छन ।
तर नेपालमा राजतन्त्र फर्किन सम्भवना नरहेको बताएका छन । आज सम्पादकहरुसँग भएको भेटको क्रममा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले यस्तो बताएका हुन ।
उनले पूर्व राजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको अभिव्यक्ति भएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘भुटानमा जुन किसिमिको स्वागत भयो र त्यसपछि जुन किसिमको राजनीतिक अभिव्यक्ति आयो, संकटकै निरन्तरता ठान्छु, ‘कहाँ पुगेर कसरी अभिव्यक्त हुन्छ भन्ने त अहिले फोरकास्ट भविष्यवाणी) गर्न सकिँदैन ।
’साथै नेपालमा राजतन्त्र फर्किन्छ भन्ने आफूलाई नलागेको समेत माओवादी अध्यक्ष प्रचण्डले बताए । गणतन्त्रमा गइसकेका जनता सजिलै राजतन्त्रतिर फर्किएको विश्व इतिहासमा अपवाद मात्र भएको भन्दै उनले भने, ‘वर्तमान राजा र उनको परिवारका कारण पनि त्यो सम्भव छैन ।’