राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाण्डु टुडे २०८१ असोज २३ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, २३ असोज– राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विधेयक प्रमाणीकरण गरेका छन । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा बामोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us