दैलेखमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २३ गते ११:१८ मा प्रकाशित

काठमाण्डु, २३ असोज– दौलेखमा यात्रु बोकेको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१ का २२ वर्षीय प्रकाश बुढा रहेका छन ।

दौलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको उक्त सवारी दुर्घटना हुँदा बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दौलेखले जानकारी दिएको छ ।

उकालोमा टायर चिप्लिँदा गाडी भित्तामा ठोक्किँदा घाइते हुनुभएका बुढालाई थप उपचारका लागि दुल्लु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको गाडी आज दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिएका छन । गाडीमा २३ जना सवार रहेकामा अन्य सबै सकुशल रहेको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us