काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमण राजनीतिक संकटको निरन्तरता भएको बताएका छन् ।
प्रमुख सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै उनले पूर्व राजाको भ्रमण र उनलाई भुटानमा गरिएको स्वागत तथा त्यसपछिको राजनीतिक अभिव्यक्तिलाई संकटकै निरन्तरताका रुपमा लिनुपर्ने बताए ।
तर नेपालमा राजतन्त्र फर्कन्छ भन्नेमा आफूलाई विश्वास नभएको उनको भनाइ थियो । विश्वमै बिरलैबाहेक गणतन्त्रमा गएपछि जनता राजतन्त्रमा फर्किएको इतिहास नरहेको र नेपालमा पनि त्यो सम्भव नरहेको उनले बताए ।
ज्ञानेन्द्र शाह र उनको परिवारका कारण पनि राजतन्त्र फर्कने सम्भव नरहेको उनले बताए ।