काठमाण्डू, २३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष नभनी राष्ट्रिय सहमति जरुरी रहेको बताएका छन् ।
प्रमुख सन्चार माध्यमका सम्पादकसंग बुधबार बिहान अन्तर्क्रिया गर्दै उनले सरकारलाई प्रतिपक्ष, नागरिक, सन्चार माध्यम सबैले मिलेर काम गर्नुपर्ने बताए । सरकारले विपद न्यूनीकरणको पूर्वतयारी र विपदपछिको उद्धार, राहत र पुनःनिर्माणमा सरकार चुकेको उनको भनाइ थियो ।
०७२ को भूकम्पपछि र अरु समयमा पनि राष्ट्रिय संकटका बेला मुलुकलाई एकताबद्ध गर्न भूमिका खेल्दै आएको स्मरण गरे । प्रचण्डले नेपालको विकास र भौतिक पूर्वाधार तथा प्राकृतिक स्रोतको उपयोगसम्बन्धी नीतिमा सुधार र परिमार्जन रहेको उल्लेख गरे ।
अवस्तुवादी विकास नीतिमा सुधार नभए प्राकृतिक विपदले हरेक वर्ष जनधनको ठूलो क्षति हुने क्रमको अन्त्य नहुने बताए ।
भूगोलसंग तादाम्यता नगरी विकास र भौतिक पूर्वाधार निर्माण गर्दा विपदको चपेटामा पर्नुपरेको भनको भनाइ थियो ।