तेल ट्यांकरमा लुकाएर गाँजा तस्करी, २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २२ गते १७:०० मा प्रकाशित

काठमाण्डु, २२ असोज– प्रहरीले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट बरामद गरेको छ । आज मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिएका छन ।

पालुङबाट वीरगन्ज जाँदै गरेको ना.७ ख १७७१ नम्बरको ट्याांकरभित्र लुकाएको अवस्थामा सो गाँजा भेटिएको उनले जानकारी दिएका छन । गाँजा ओसारपसारमा संलग्न दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मनहरी घर भएका ट्यांकर चालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको प्रहरीले जानकारी दिएको छ ।

ट्यांकरको पाँचवटा डिब्बाहरुमध्ये ३ नम्बर डिब्बामा २५ वटा पोका बनाएर लुकाएको अवस्थामा गाँजा बरामद गरिएको एसपी खड्काले जानकारी दिएका छन । आरोपीहरुविरुद्ध प्रहरीले लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us