नेपाल वायुसेवा निगमको काठमाण्डु–भैरहवा उडानको टिकट सबै बिक्री

काठमाण्डु टुडे २०८१ असोज २२ गते १४:३९ मा प्रकाशित

काठमाण्डु, २२ असोज– नेपाल वायुसेवा निगमले काठमाण्डु भैरहवा उडानका लागि टिकट बुकिङ खुलाएको एक रातमा सबै टिकट बिक्री भएको जानकारी दिएको छ । आज बिहान सबै टिकट बिक्री भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन ।

काठमाण्डु भैरहवा रुटमा १५८ सिट नै बिक्री भएको र भैरहवा काठमाण्डु रुटका लागि भने टिकट बाँकी रहेको उनले जानकारी दिएका छन । नेपाल वायुसेवा निगमले फूलपातीको दिन १५८ सिटे न्यारोबडी जहाजले काठमाण्डु–भैरहवा–काठमाण्डु उडन गर्ने तयारी गरेको छ ।

माग उच्च भए पनि नेपाल वायुसेवा निगमले एउटा मात्र उडान राखेको छ । जहाज अभावले थप उडान राख्न नसकेको नेपाल वायुसेवा निगमका अधिकृतहरुले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us