काठमाण्डु, २२ असोज– राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ । आज मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगले प्रतिवेदन पेस गरेको हो ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई पेस गरेकी हुन् । यसअघि आजै राष्ट्रपति पौडेल समक्ष निर्वाचन आयोगले पनि प्रतिवेदन पेस गरीसकेको छ ।