दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधन

काठमाण्डु टुडे २०८१ असोज २२ गते १२:२० मा प्रकाशित

काठमाण्डु, २२ असोज– लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । ५८ वर्षीय गुरुङको उपचारका लागि चितवन लैजाँदै गर्दा मंगलबार बिहान बाटोमै निधन भएको उनको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

केही समयदेखि उनी पाठेघरको क्यान्सरबाट ग्रसित थिइन् । गुरुङ २०७४ को स्थानीय निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us