पोखराको बुद्धचोकस्थित पसलमा आगलागी

काठमाण्डु टुडे २०८१ असोज २२ गते ७:३६ मा प्रकाशित

काठमाण्डू, २२ असोज- पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक पसलमा आगलागी भएको छ ।

कृष्ण ढकाल र अनिल ढकालले सञ्चालन गरेको द स्केट पार्क प्रा.लि.नामको पसलमा गएराति आगलागी भएको हो ।

पसल पूरै जलेर नस्ट हुँदा लाखौंको क्षति भएको कास्की प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारको टोली, पोखरा महानगरको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट जुत्ता ६५० थान, कम्प्युटर ३ थान, ४३ इन्चको टिभी एक थान, जेनेरेटर ब्याट्री एक थान, इन्भर्टर ब्याट्री एक थान, सीसीटीभी क्यामेरा आठ थान जलेर नष्ट भएको छ ।

बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us