हत्या आरोपमा महिला, पुरुष र नाबालक पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २१ गते २१:१२ मा प्रकाशित

झापा, २१ असोज- झापामा हत्या आरोपमा नाबालकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र एक नाबालक रहेको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

उनीहरुमाथि बाह्रदशी गाउँपालिका–५ फुलाबारीका २२ वर्षीय राजेश हजामको हत्या आरोप लागेको छ ।

गत जेठ १५ मा बेपत्ता भएका हजामको  शव सडेको अवस्थामा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा भेटिएको थियो ।

प्रहरीले घटनामा पक्राउ परेका तीन जना संलग्न रहेको निस्कर्ष निकालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us