२४ असोजमा नेपाल वायुसेवा निगमले उद्धार उडान गर्ने

काठमाण्डु टुडे २०८१ असोज २१ गते १८:५३ मा प्रकाशित

काठमाण्डु, २१ असोज– नेपाल वायु सेवा निगमले २४ असोजमा काठमाण्डु–भैरहवा उद्धार उडान गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाण्डु उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उद्धार उडान गर्न लागिएको निगमले जानकारी दिएको छ ।

वायुसेवा निगमले आज सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालीहरूको महान् पर्व बडादसैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी ब्घद्दण् जहाजबाट उद्धार उडान गर्न लागिएको जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्धार उडान गर्न लागिएको समेत निगमले जानकारी दिएको छ ।

निगमले सो दिनको उडान तालिका समेत सार्वजनिक गरेको छ । काठमाण्डुबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाण्डु १२ः ३० मा उडान हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

काठमाण्डुबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौँबाट ३८९० लाग्ने समेत निगमले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us