मन्त्रिपरिषद् बैठक जारी

काठमाण्डु टुडे २०८१ असोज २१ गते १८:४२ मा प्रकाशित

काठमाण्डु, २१ असोज– प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअधि मात्रै सुरु भएको हो । बैठक साँझ ५ बजे बोलाइएको भएपनि ढिलो गरी सुरु भएको एक मन्त्रीले जानकारी दिए ।

नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय हुने एक मन्त्रीले बताए । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले सोमबारको बैठक बालुवाटारमा राखेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us