श्रोत नखुलेको १९ लाख नगदसहित कलंकीबाट महिला र पुरुष पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २१ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, २२ असोज– काठमाण्डुको कलंकीबाट श्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले  पक्राउ पर्नेमा न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली र दोलखा बिगु गाउँपालिका–४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली रहेको बताए ।

शंकास्पद कारोबार भइरहेको सूचनामा आधारमा परिसरबाट खटिएको टोलीले काठमाण्डु–१४ कलंकीबाट उनीहरुलाई पक्राउ गरेको अधिकारीले बताए । साबित्रीले उक्त रकम एक भारतीय नागरिकको भएको बताएकी छन् ।

१५ रकम बैंकमा डिपोजिट गर्न जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यस्तै सुरेशको साथबाट ४ चार रुपैयाँ बरामद भएको अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us