काठमाण्डु, २१ असोज– प्रहरीले श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत अवस्थामा भेटिएकी थिइन । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन । घटनापछि जितबहादुर भने फरार भएका थिए ।
उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।