गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

काठमाण्डु टुडे २०८१ असोज २१ गते १४:३० मा प्रकाशित

काठमाण्डु, २१ असोज– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका– १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका– ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति समेत पुर्याएको छ । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी लिएका छन ।

सो क्रममा पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पुर्याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनस्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए ।

त्यस्तै उनले बेथानचोक– ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पुर्याएको क्षतिले नागरिकले व्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरिरको उद्धार सेवा लगायतको विषयमा जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us