एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा हुने

काठमाण्डु टुडे २०८१ असोज २१ गते १४:२० मा प्रकाशित

काठमाण्डु, २१ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते हु्ने भएको छ ।

आज (सोमबार) बसेको एकीकृत समाजवादीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिएका छन ।

एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको हो ।

यस्तै कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय भएको छ । बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us