काठमाण्डुको सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २१ गते १४:०१ मा प्रकाशित

काठमाण्डु, २१ असोज– काठमाण्डुको सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको पनौती बस्ने ३० वर्षीय नवीन परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डु महानगरपालिका–१५ सितापाइला स्थित सोल्टी दोबाटो चोकमा बागमती प्रदेश–०१–००२ ज ६७७० नम्बरको इभी गाडीले बा ४४ प ५९०१ नम्बरकोमोटर साइकललाई आइतबार राति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले इभी गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us