काठमाण्डु, २१ असोज– आज सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद ग्रहण गरेका छन ।
काठमाण्डुको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यो मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठ मध्ये एक मानिन्छ । सो अवसरमा दक्षिणकाली नगरपालिकामा प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरेका थिए ।
साथै काठमाण्डु मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी सडक निर्बाध सञ्चालनको आवश्यकता रहेको बताएका थिए ।