काठमाण्डु, २१ असोज– प्रहरीले रुकुम पश्चिमबाट आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिएका छन । सथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।