स्थानीय तह उपनिर्वाचनः रास्वपासहित २५ दल दर्ता

काठमाण्डु टुडे २०८१ असोज २० गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २० असोज– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सहित २५ दल दर्ता भएका छन् ।

संविधान बमोजिम ती दल मंसिर १६ गते आइतवार हुने उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका हुन् । निर्वाचन आयोगले यसअघि असोज १० देखि १६ गतेसम्मसमय दिएर दल दर्ताका लागि आह्वान गरेकामा २६ राजनीतिक दलले निवेदन दिएका थिए ।

जसअनुसार कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिएका छन ।

संसदको चौथो ठुलो दल पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुन तयारी गरेको ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us