काठमाण्डु, २० असोज– प्रहरीले सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई पक्राउ गरेको छ । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई पक्राउ गरीएको जानकारी दिएका छन । उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।
प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेको खुलेको छ ।