खाद्यले सुरु गर्‍यो आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री

काठमाण्डु टुडे २०८१ असोज २० गते १४:१४ मा प्रकाशित

काठमाण्डु, २० असोज– आज आइतबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरेको छ ।

कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट २० असोजबाट बिक्री वितरण सुरु गरेको हो । यस दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा ३ सय गरी कुल १८ सय बेच्ने लक्ष्य राखेको कम्पनीले खसीबोका जिउँदोको मूल्य छुटसहित प्रतिकेजी ६६० र जिउँदो च्याङ्ग्रा छुटसहित १२२० रुपैयाँमा बिक्री वितरण सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले च्याङ्ग्रा मुस्ताङबाट काठमाण्डु झिकाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us