नेपालका पोदार विस्टाको कोषाध्यक्ष निर्वाचित

काठमाण्डु टुडे २०८१ असोज २० गते ११:०१ मा प्रकाशित

काठमाण्डु, २० असोज-कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार वर्ल्ड इनोभेसन टेक्नोलोजी एण्ड सर्भिस अलाइन्स (विस्टा) को कोषाध्यक्ष बनेका छन् ।

पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरुको अन्तर्रास्ट्रिय संस्था विस्कोचाको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

क्यानका महासचिव चिरन्जिबी अधिकारीका अनुसार विस्टाले विश्वभर सूचना प्रविधि क्षेत्रमा भएका नवीनतम प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्छ ।

साथै, नयाँ नयाँ प्रविधिबारे खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us